एकाएक यात्रु फिर्ता भएपछि नेपाली जहाज खाली दुबई उड्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

एकाएक यात्रु फिर्ता भएपछि नेपाली जहाज खाली दुबई उड्यो

bayu seva nigam

काठमाडौं, १३ चैत । नेपाल वायु सेना निगमको जहाजबाट दुबई जाने क्रममा रहेको ५१ जना यात्रु एकाएक फिर्ता भएपछि प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ ।

सोमबार बेलुकी नेपाल वायु सेवा निगमको आरए २२९ नम्बरको उडानबाट दुबई जाने टिकट काटेका यात्रुलाई विमानस्थलको अध्यागमन कार्यालयले आवश्यक कागजात नपुगको भन्दै सोधपुछ सुरु गरेपछि नेपाल वायु सेवा निगमको विमानस्थल कार्यालयले बोडिङपास दिएका ५१ जनाको पास फिर्ता लिएपछि प्रहरीले उक्त घटनाका बारेमा छानबिन सुरु गरेको छ । यो समाचार नेपाल समाचारपत्रमा लेखेको छ ।