कञ्चनपुरको शिव लिङगेश्वर धाममा फागुन २ गतेदेखि धार्मीक तथा पर्यटन मेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कञ्चनपुरको शिव लिङगेश्वर धाममा फागुन २ गतेदेखि धार्मीक तथा पर्यटन मेला

पुष्कर भट्ट

कञ्चनपुर, २८ माघ । कञ्चनपुरको बेतकोट नगरपालिकाको बगुनस्थित शिव लिङगेश्वर धाममा फागुन २ गतेदेखि धार्मीक तथा पर्यटन मेला हुने भएको छ । ‘समृद्ध बेदकोट नगरको आधार, कृषि, उद्योग, पर्यटन र पुर्वाधार’ भन्ने मुल नाराका साथ बेदकोट धार्मिक तथा पर्यटन मेला आयोजना गर्न लागिएको हो ।

बेतकोटमा प्रकृतिको मनोरम बेदकोट ताल, शिद्ध सरोवर ताल, भम्केश्वर धाम, शिब लिङगेश्वर धाम जस्ता धेरै धार्मीक तथा पर्यटकीय क्षेत्रहरु रहेका छन् ।

मेलाका लागि सरसफाई, सडक निर्माण लगायतका तयारी तीब्र रुपले अगाडी बढाइएको छ । मेलाले नगरको पर्यटकिय क्षेत्रमा टेवा पुग्ने अनुमान गरिएको छ ।

बेदकोट नगरपालिकाका धार्मीक तथा पर्यटकीय क्षेत्रहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न र जिल्लामा उत्पादित वस्तुहरुको बिक्री बितरणको प्रबद्र्धन गर्न मेलाको आयोजना गर्न लागिएको बेतकोट नगरपालिकाले जनाएको छ ।

बेदकोट धाम र शिव लिङगेश्वर धामको स्कन्द पुराणमा फरक शैलीको वर्णन गरिएको छ । बेदकोट ताल र शिव लिङगेश्वर धामको दर्शन गरेमा मनोकांक्षा पुरा हुनुका साथै पुण्यलाभ हुने विश्वास स्थानीयको छ ।

मेलामा स्थानीय उत्पादनहरु प्रदर्शनीमा राखिनुका साथै स्थानीय संस्कृति झल्काउने गरी विभिन्न स्टलहरु राखिने छन् । आयोजकले मेलामा पचास हजार अवलोकन कर्ता भित्र्याउने लक्ष्य राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);