रुपन्देहीकाे सैनामैनामा सावनी मेलाको समापन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रुपन्देहीकाे सैनामैनामा सावनी मेलाको समापन

रुपन्देही, ३० साउन । रुपन्देहीकाे सैनामैना नगरपालिका-१ मा रहेको प्राचिन एवं ऐतिहासिक स्वयम् उत्पत्तिमान श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङग बोलबम धाममा जनैपुर्णिमाको दिन विधिवत रुपमा सावनी मेलाको समापन गरियो ।

बोलबम धाममा असार ३१ गते गुरुपुर्णिमादेखि श्रावण ३१ गते ऋषितर्पणी जनैपुर्णिमासम्म जलार्पण गर्नका लागि नेपाली लगायत विदेशी भक्तजनहरुको साउन महिना भरि नै भीड लागेको थियो ।

पौराणिक कालदेखि नै यस मन्दिरमा पुजा आराधना गरिँदै आएको छ । यस बर्षको श्रावणी मेला सोचेको भन्दा राम्रो भएको तथा यस धामका लागि बजेट विनियोजन गरी यसको विकास गर्न सके धार्मिक पर्यटन भित्र्याउन सकिने धाम विकास समितिका अध्यक्ष रावली चौधरीले बताउनु भयो ।

यस मन्दिरमा भक्तजनहरुबाट चढाईएको भेटी तथा नगद जम्मा भएको रकम पारदर्शी रुपमा प्रत्येक दिन जम्मा भएको रकम बैंकमा जम्मा गरिने धामका कोषाध्यक्ष रामनाथ हरिजनले स्पष्ट पार्नु भयो ।

यस धाममा बिशेष गरि मेला पर्व र उत्सवका अवसरमा भजन किर्तन हुने गर्दछ । यस धामको उचित व्यावस्थान र प्रचार प्रसार गर्न सक्ने हो भने धार्मिक पर्यटकिय स्थलको प्रशस्तै सम्भावना बोकेको श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङग बोलवम धामको महत्व बढ्ने समापन समारोहमा उपस्थितहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);