गलेश्वरधाम भक्तजन नआए पछि शुन्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गलेश्वरधाम भक्तजन नआए पछि शुन्य

म्याग्दी । साउनको सोमबारमा भक्तजनको खचाखच हुने म्याग्दीको प्रशिद्ध धार्मीक तिर्थ स्थल गलेश्वरधाम यस बर्ष भने भक्तजन नआए पछि शुन्य बनेको छ । जिल्ला कोभिड विपद् व्यवस्थापन समितीले कोरोना माहामारीका कारण मन्दिर खुल्ला गर्न तथा उक्त स्थानमा नियमित पुजा बाहेक अन्य पुजा गर्न रोक लागाएपछि यस बर्ष गलेश्वर धाम भने सुन्य देखिएको हो ।

साउनको सोमबारमा २० हजार भन्दा बढी भक्तजनहरुको घुईचो लाग्ने गलेश्वर शिवालयमन्दीर कोरोनाको कारण गरिएको निशेद आज्ञाका कारण सुन्य बनेको गलेश्वर शिवालय क्षेत्रविकास कोषकाले जनाएको छ । कोरोनाको कारण गत बर्ष र यस बर्ष नै मन्दिरमा भक्तजन नआएको विगत १० बर्ष भन्दा पहिले देखि फुलप्रसाद बिक्री गर्दै आएका विना खत्रीले बताए ।

मन्दिर परिसरमा भक्तजन नआँदा गत बर्ष र यस बर्ष आफुहरुको व्यापारमा समेत हुन नसकेको उनकाे गुनासो रहेको थियो । कोरोनाको कारण डिसिसिएमसीले मन्दिर प्रवेशमा रोक लगापछि गलेश्वर धाममा भक्तजन नआएका हुन् । विशाल नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामाथि फैलिएको यस धाम मुक्तिनाथ प्रवेशद्वारका रुपमा समेत रहेको छ ।

यो धाम मुक्तिद्वारको रुपले समेत चिनिन्छ । कोरोनाको कारण मुक्तिनाथ जाने भगक्तजन सँगै गलेश्वरमा समेत भक्तजनहरुको कमि आएको हो । सुख्खा याममा पनि नसुक्ने जलबराह कुण्ड, गणेश शिवलिङ्ग, शालिग्राम, शङ्खचक्र, नागदेवता र भगवानका पाउ चिन्ह स्वयं प्रकट भएको प्रत्यक्ष दर्शन पूजन गर्न सकिने यस धामलाई विश्वकै अद्भूत र अलौकिक तीर्थस्थल मानिन्छ ।

यस धाममा साउनको सोमबारमा पुजा आजा गरेमा पारिवारिक सुख शान्ति समृद्धि लगायतका मनोकामना पूरा हुने जन विश्वास समेत रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);