लागुऔषध र चोरीको सामान सहित ७ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लागुऔषध र चोरीको सामान सहित ७ जना पक्राउ

महोत्तरी, ३० साउन । जिल्ला प्रहरी कार्यालय महोत्तरीले लागुऔषध र चोरीको सामान सहित जिल्लाको एउटै पालिकाका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

महोत्तरी सहितका जिल्लाहरुमा लागुऔषधको सेवन र बेचबिखन गर्दै आएका ७ जनाको गिरोहलाई प्रहरीले मोटर साइकल, साइकल, एलइडी, लगायतका चोरीका सरसमान र प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरी पत्रकार सम्मेलन गरी बिहीबार सार्वजनिक गरेको हो ।

लागुऔषध प्रयोगकर्ता र चोरहरुका गिरोहलाई पक्राउ गर्नका लागि खटिएका प्रहरीको टोलीले महोत्तरीको रामगोपालपुर नगरपालिका ५ बाट ७ जना गिरोहलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनु भयो

पक्राउ परेकाहरुमा रामगोपालपुर नगरपालिका ५ का २७ बर्षका रामबाबु ठाकुर शर्मा,  वार्ड नं ५ का २० बर्षिय रामबली महतो, वाड नं ५का २० बर्षिय निरज कुमार मण्डल, वाड नं. ५का १९ बर्षिय जितेन्द्र कुमार मण्डल, वार्ड नं. ४ का २० बर्षिय रम्भु मण्डल, वाड नं. ५ का २३ बर्षिय रामकृष्ण महतो र  १४ बर्षका एक जना नाबालक रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);