लागुऔषध नाइट्रोभेट सहित धनुषाबाट दुईजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

लागुऔषध नाइट्रोभेट सहित धनुषाबाट दुईजना पक्राउ

pakrau

जनकपुरधाम, १४ भदौ । लागुऔषध नाइट्रोभेट सहित धनुषा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । धनुषाको ठाढीझिझाबाट खटेको प्रहरी गस्ति टोलीले विवेह नगरपालिका वडा नं. १ ठाढी स्थित सडक खण्डमा दुई जना व्यक्ति शंकास्पद रुपमा हिडडुल गरिरहेको अबस्थामा शंकाको आधारमा सोधपुछ गर्दा लागुऔषध सहित पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

प्रहरीले कमला नगरपालिका वडा नं. ३ का २० वर्षीय गोबिन्द मण्डल र कृष्ण कुमार साहलाई पक्राउ गरिएको छ । मण्डलले दाहिने हातमा बोकी ल्याएको कालो प्लास्टिकको झोला चेक जांच गर्दा उक्त झोलामा नाइट्रोभेट–१० लेखिएको ३० पिसको दरले ३० पातामा जम्मा ९०० (नौ सय) पिस प्रतिबन्धित लागु औषध ट्याबलेट भेटिएको हो । कृष्ण कुमार साहको दाहिने खल्तिबाट स्याम्सन्ग कम्पनिको जे २ ग्रान्ड प्राइम सिल्वर रंगको मोबाईल एक थान भेटिएको हो ।

दुवैजनालाई आवश्यक कारवाहीको लागि अनुसन्धान थालेको धनुषा प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);