प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

pakrau

झापा, ६ पुष । प्रतिबन्धित लागुऔषध सहित सुनसरीको भोक्राहा नर्सिङ–४ बाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोक्राहा नर्सिङ–३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका–२ का ३७ बर्षीय सुरज राम रहेका छन ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साईकलमा आएका दुबैजनालाई आज विहान साढे ६ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा २१ बोतल डाइलेक्स डि.सी. र १८० नाइट्रोभेट ट्याव्लेट लागुऔषध फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजना उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कानूनी कारवाही अगाडी बढाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);