लागुऔषध सहित ३ युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

लागुऔषध सहित ३ युवक पक्राउ

pakrau

सुनसरी, १३ जेठ । सुनसरीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । मंगलबार बिहान साँढे ५ बजे कोशी गाउँपालिका– १ लौकहीबाट लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषधसहित २२ वर्षीय सोशिल साह, ३० वर्षीय अमन कुमार साह र १९ वर्षीय गणेश कुमार साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

डाईलक्स डि.सी. १०० एमएल को ४७ बोतल, नाईट्रोसन ९० ट्याब्लेट , स्पास्मोप्रोक्सिवन २३ ट्याब्लेट, खेलौना प्लास्टिकको पेस्तोल १ थान, कौडा २१ थान र मोवाइल २ थान सहित पक्राउ गरेको हो ।

पक्राउ परेका माथि थप अनुसन्धान भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);