बाँकेमा लागुऔषध र अटोमेटिक पेस्तोल सहित तिन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाँकेमा लागुऔषध र अटोमेटिक पेस्तोल सहित तिन जना पक्राउ

बाँके । बाँकेको खजुराबाट लागुऔषध कारोबार गर्ने तिन जना पक्राउ परेका छन । जिल्लाको खजुरा गाउँपालिका १ बहादुरपुरका गल्क्षी भनीने रबिन्द्र थापा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ब्राउनसुगर कारोबार गरिहेको भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीको संयुक्त टोलिले ९० ग्राम ब्राउनसुगर र एक थान कालो कलरको म्याग्जिन नभएको अटोमेटिक पेस्तोल सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ पर्नेहरुमा थापा संगै कारोबार गर्ने बाँकेका खजुरा गाउँपालिका २ का २७ बर्षिय मनिस थापा र नेपालगन्ज उपमहानगरपालिका वडा १३ भृकुटीनगरपालिका १३ का २८ बर्षिय सुरेश रोका मगर समेत रहेका छन् । उनिहरु तिनै जनालाई आइतबार प्रकाउ गरीएको र थप आवश्यक अनुसन्धान अघि बढाईएको जिप्रका बाँकेले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);