पूर्वी नेपालको मेची र तिरिङ नदीको चरम दोहन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पूर्वी नेपालको मेची र तिरिङ नदीको चरम दोहन

पुजन घिमिरे
झापा, ३० साउन । सरकारले असारदेखि भदौसम्म तीन महिना नदीजन्य सामग्रीको उत्खनन्मा रोक लगाएको भएपनि नेपाल भारत सीमामा पर्ने मेची र तिरिङ नदीको चरम दोहन भइरहेको पाइएको छ ।

सरकारी बन्देजको बेवास्ता गर्दै इलाम र झापाको सिमानामा पर्ने यी नदीबाट दैनिक सयौँ ट्याक्टर ढुङ्गा उत्खनन् र ओसारपसार भइरहेको भएपनि स्थानीय सरकार र प्रशासन मुकदर्शक छन् ।

मेचीनगर नगरपालिका वडा नम्बर १ तिरिङका स्थानीय तस्करले इलामको रोङ गाउँपालिका वडानम्बर ६ दुधेचौरी क्षेत्रबाट दैनिक एक सय भन्दा बढी ट्याक्टरमा ढुङ्गा उत्खनन् गर्दै आएका छन् ।

उनीरुले उक्त ढुङ्गा स्थानीय तिरिङखोला बगरमा भण्डारण गर्दै आएका छन् । मेचीनदीको ढुङ्गा उत्खनन्का लागि स्काभेटर समेत प्रयोग गर्दै आएका छन् ।

हुन त तिरिङ्का तस्करले अहिलेमात्रै नदी उत्खनन् गरेका भने होइनन् । उनीहरुले बर्षभरी नै सम्बन्धित निकायबाट अनुमती नलिई यसरी नै नदी उत्खनन् गर्दै आएको स्थानीय बताउँछन् ।

तस्करले खोलामा स्काभेटरै प्रयोग गरेर ढुङ्गा निकालेकाले मेची नदीको नेपालतर्फको भाग गहिरो भई कटान समेत बढेको छ । उत्खनन्का कारण इलामको पाटापुर, झापाको तल्लो पाटापुर र तिरिङ क्षेत्र कटानको जोखिममा परेको स्थानीयको भनाई छ ।

यता मेचीनगर नगरपालिका १ का वडा अध्यक्ष पासाङ तामाङले भने उत्खनन्को बन्देज लगाइएको ३ महिनाको अवधिमा उत्खनन् रोक्ने जिम्मेवारी प्रहरी प्रशासन र सशस्त्र प्रहरीलाई दिइएको अभिव्यक्ति दिनुभएको छ ।

अवैध उत्खनन् गरी भण्डारण गरिएका ढुङ्गा नदी उत्खनन्को प्रतिवन्ध हटेपछि महंगो मूल्यमा ठेकेदारलाई बिक्री गर्दै आएका छन् । ढुङगा उत्खनन् र तस्करीमा प्रयोग गर्ने उद्देश्यले तिरिङमा मात्रै ५० भन्दा बढी ट्याक्टर रहेका छन् । भारततर्फ समेत नदी उत्खनन् यतिबेला बन्द छ । यसरी भईरहेको अवैध उत्खनन्ले देशको भुभागलाई नै असर गर्ने विज्ञहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);