महाकाली नदीबाट मापदण्ड बिपरित नदिजन्य पदार्थ उत्खनन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महाकाली नदीबाट मापदण्ड बिपरित नदिजन्य पदार्थ उत्खनन

पुष्कर भट्ट
कञ्चनपुर, ३ मंसिर । एसियाकै दोस्रो लामो झोलुङ्गे पुल रहेको महाकाली नदीबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन् भईरहेको छ । तर सम्बन्धित निकाय मुखदर्शक बनेर बसिदिँदा महाकाली नदीले आफ्नो धार समेत परिवर्तन गर्दै लगेको छ ।

वातावरणीय प्रभाव मुल्याङ्गकन प्रतिवेदन अनुसार राजमार्ग, सहायक राजमार्ग, पुलपुलेसा, कलभर्ड, नहर, तटबन्धको ५ सय मिटर भित्रबाट ढुङ्गा, वालुवा, ग्राभेल र माटो झिक्न नपाईने मापदण्ड निर्धारण गरिएको छ ।

तर सरकारी नियमको धज्जी उडाउँदै महाकाली नदी किनारबाट धमाधम नदीजन्य बस्तुको उत्खनन् भईरहेको छ । अबैध धन्दाको नियन्त्रण गर्नुको सट्टा सम्वन्धीत निकाय चुपचाप बस्दा महाकाली नदीमा हालीमुहाली चलिरहेको छ ।

नदीको वारीपारी निर्माण गरिएका तटबन्ध छेउबाटै ढुङ्ग, वालुवा, गिटी निकाल्न यतिबेला प्रतिस्पर्धा नै चलिरहेको छ । ५ सय मिटर भन्दा टाढाबाट उखनन् गर्नुपर्ने भएपनि पुल र तटबन्धको ५० मिटर नजिकसम्म ठेक्दार र व्यवसायीहरु पुगिसकेका छन् ।

गत बर्षसम्म जिल्ला समन्वय समिति कञ्चनपुरले महाकाली नदीको ढुङ्गा, वालुवा, गिट्टी र माटोमा रोउल्टी उठाउँदै आएको थियो । तर, चालु आर्थिक बर्षदेखि कञ्चनपुरका दुई स्थानीय तह भीमदत्त र महाकाली नगरपालिकाले रोयल्टी उठाउन लागेका छन् ।

दुवै स्थानीय तहबीच प्राकृतिक स्रोत बाँडफाँटबारे विवाद हुँदा महाकाली र भीमदत्त नगरपालिकाले आफै रोयल्टी उठाईरहेका छन् ।

तर नियम उल्लंघन गरेर नदीमा आधिपत्य जमाइरहेका प्रति पनि यहाँका जनप्रतिनिधिहरु समेत तैँ चुप मै चुप छन् । महाकाली नदीको कटानी रोक्न तटबन्ध निर्माण गर्दै आएको जनताको तटबन्ध फिल्ड कार्यालय ७ नम्बर महेन्द्रनगरले तटबन्धकै छेउबाट उत्खनन् भईरहेको विषयमा पटक पटक दुवै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार गर्दा समेत रोकिएको छैन् ।

अन्दाधुन्द भइरहेको उत्खनन्का कारण नदीले बर्षातमा धार परिवर्तन गर्दा तटबन्धमा असर गरिरहेको छ । यता महाकाली र भीमदत्त नगरपालिकाले आफुले रोयल्टी उठाईरहेका स्थानमा कसैले पनि मापदण्ड विपरित उत्खनन् नगरेको दावि गरेको छ ।

हिउँदका बेला तटबन्ध र पुलकै छेउछाउबाट ठुलठुला खाल्टाखुल्टी पर्ने गरि उत्खनन् गर्दा बर्षातका बेला नदीले धार परिर्वतन गर्दै लगेको छ । यसको असर तटबन्धसम्म पर्ने निश्चीत छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);