धनगढी, ३ मंसिर । युवकको हत्या प्रकरणमा संलग्न दोषीलाई कारवाही गर्न माग गर्दै सोमवार धनगढीमा प्रदर्शन गरिएको छ । धनगढी उप–महानगरपालिका ४ स्थित नाष्ट कलेज अगाडी स्थानीय विजय थापाको हत्यामा संलग्नलाई उम्काउन खोजिएको भन्दै दोषीलाई कानुनी कार्बाही गर्न पीडितपक्षले प्रदर्शन गरेका हुन् ।
मृतक विजय थापाकी आमा सीता थापाले शनिवार किटानी जाहेरी दर्ता गरे पनि प्रहरीले अनुसन्धानमा ध्यान नदिएको उनीहरुको आरोप छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गरेर पीडित पक्षले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।




