निर्मला पन्तको न्यायको माग गर्दै विद्यार्थी सडकमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निर्मला पन्तको न्यायको माग गर्दै विद्यार्थी सडकमा

धनगढी, ५ असोज । बलात्कारपछी हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया वालिका निर्मला पन्तको न्यायको माग गर्दै विद्यार्थीहरु सडकमा उत्रिएका छन् ।

निर्मलालाई न्याया दिन माग राख्दै विद्यार्थीले प्रदेश नम्बर–७ को राजधानी धनगढीमा प्रदर्शन गरेका हुन् । नगर बाल सञ्जाल समितिको अगुवाइमा निकालिएको प्रदर्शनीमा धनगढी उपमहानगरपालिकाका एक दर्जन बढी विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी थिए ।

विद्यार्थीहरुले धनगढी चौराहा बाट शुरु गरेको प्रदर्शन विभिन्न ठाउँ हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर धर्ना दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);