निषेधित क्षेत्र तोड्दै सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

निषेधित क्षेत्र तोड्दै सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं, १९ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्धको आन्दोलनलाई चर्काउँदै गएको छ । काँग्रेसको अवरोधका बाबजुद संघीय संसदबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएपछि सरकारविरुद्ध आन्दोलन सुरु गरेको नेविसंघले शुक्रबार सिंहदरबारको मूलगेट अगाडिको निषेधित क्षेत्र तोड्दै आन्दोलनलाई झनै चर्काएको हो ।

त्यस अवसरमा नेविसंघका ८ जना कार्यकर्ताहरुले कालो बेलुनमा सरकारविरोधि नारा लेखेर उडाएका थिए । उनीहरुले निषेधित क्षेत्र पृथ्वीनारायण शाहको शालिकबाटै सो बेलुन उडाएपछि डा. गोविन्द केसीको जीवन रक्षा गर्न र निर्मला पन्तलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए ।

नेविसंघले गत माग ११ गते प्रतिनिधिसभाबाट डा. केसीसँग गरिएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि त्यसको विरोधमा आन्दोलनलाई तीव्रता दिएको हो । डा. केसीको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्धको आन्दोलनलाई झनै आक्रामक बनाउने नेविसंघको चेतावनी छ ।

नेपाली काँग्रेसले डा. केसीको माग सम्बोधन नगरेको, निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको, महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेकोभन्दै सरकारविरुद्ध सुरु गरेको आन्दोलनलाई विद्यार्थी संगठन नेविसंघले तीव्रता दिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);