नेविसंघले दियो सरकारलाई आन्दोलन चर्काउने चेतावनी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेविसंघले दियो सरकारलाई आन्दोलन चर्काउने चेतावनी !

nebisangh ko birodh

काठमाडौं, २५ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले सरकारविरुद्धको सडक संघर्ष चर्काउने भएको छ । सोमबार काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै नेविसंघका नेता, कार्यकर्ताले सरकारविरुद्धको आन्दोलनलाई झनै चर्काउने चेतावनी दिएका हुन ।

सरकारले साउन १ गतेदेखि काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्ने निर्णय गरेपछि त्यसलाई निस्तेज पार्न आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिइएको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए। सरकारले एकपछि अर्को जनविरोधी निर्णय लिएपछि आफूहरु सडक संघर्षमा होमिन बाध्य भएको महरको भनाइ छ ।

संघले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरेको, गंगामाया अधिकारीलाई न्याय नदिएको, महंगी नियन्त्रण नगरेको, नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर कूलप्रसाद कोइरालालाई अपहरणको शैलीमा क्यानडा जानबाट रोक लगाएको भन्दै त्यसविरुद्ध सडक आन्दोलनलाई निरन्तरता दिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);