काँग्रेसले गर्‍यो दोस्रो चरणको जागरण अभियानको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काँग्रेसले गर्‍यो दोस्रो चरणको जागरण अभियानको घोषणा

भदौ २४ गतेबाट सुरु भएको अभियान असोज ७ गते सम्पन्न हुने –

काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गतेबाट सुरु गर्ने भएको छ ।

नेपाली काँग्रेसले बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमबारे औपचारिक जानकारी गराएको हो ।

सो जागरण अभियान ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित हुने र त्यसका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रित प्रतिनिधि खटाउने निर्णय गरिएको पनि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।

जागरण अभियानका क्रममा सरकारका जनविरोधी तथा संविधान विरोधी गतिविधिबारे आम जनतालाई जानकारी गराउने पनि काँग्रेसले जनाएको छ । त्यसैगरी पार्टी प्रवेशका लागि अभियान चलाउने, पार्टीका माथिदेखि तल्लो तहका नेताहरुबीचको सम्वादलाई घनिभूत बनाउने पनि जागरण अभियानको उद्देश्य रहेको छ ।

असोज ७ गतेसम्म आयोजना हुने १५ दिने सो जागरण अभियानले पार्टी संगठनलाई चुस्त बनाउने विश्वास लिइएको प्रवक्ता शर्माले बताउनु भयो ।

नेपाली काँग्रेसले यस अघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत बैशाख २५ गतेबाट आरम्भ भई जेष्ठ २५ गते सम्पन्न गरेको थियो । पहिलो चरणको राष्ट्रिय जागरण अभियान जिल्लामा केन्द्रित थियो भने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित हुने पनि नेपाली काँग्रेसले स्पष्ट पारेको छ ।

नेपाली काँग्रेसले सरकारविरुद्धको आन्दोलनलाई चर्काउने मूल उद्देश्यका साथ चरणवद्ध रुपमा राष्ट्रिय जागरण अभियानलाई निरन्तरता दिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);