काँग्रेस दोस्रो जागरण अभियानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काँग्रेस दोस्रो जागरण अभियानमा

congress

काठमाडौं, २० भदौ । नेपाली काँग्रेसले भदौ २४ गते बिरुवा रोपेर दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भएको छ । हिमाल, पहाड, तराई–मधेस जागरण नाम दिइएको दोस्रो चरणको अभियानको पहिलो दिन ३४ हजार ९८० वटा बिरुवा रोपिने छन् । केही महिनाअघि मात्रै काँग्रेसले पहिलो चरणको जनजागरण अभियान सम्पन्न गरेको थियो ।

काँग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइरालाको १०६ आँैं जन्म जयन्तीको अवसर पारेर अभियान सुरु गर्न लागेको जनाएको छ ।ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा अभियानबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पु¥याउन ३३० वटै प्रदेश सभा क्षेत्रमा १०६ वटाका दरले वृक्षरोपण गरिने बताउनुभयो । जागरण अभियानका लागि प्रत्येक प्रदेश सभा क्षेत्रमा एक–एक जना केन्द्रीय प्रतिनिधि खटाइने छ ।

प्रवक्ता शर्माले जागरण अभियानका क्रममा बोक्सी प्रथा, दाइजोको निहुँमा हुने उत्पीडन, जातीय छुवाछूत, चेलिबेटी बेखबिखन, छाउपडी, घरेलु हिंसालगायत सामाजिक विसङ्गतिविरुद्ध आवश्यक चेतना अभिवृद्धिमा सहभागिता रहने बताउनुभयो । प्रवक्ता शर्माले भन्नुभयो, “जागरण अभियान अन्तक्र्रियात्मक बनाउने स्वरूप तय गरिएको छ । ” उहाँले वर्तमान सरकारसँग जनताको अपेक्षा, परिणामको अनुभूति र समीक्षामा अन्तक्र्रिया केन्द्रित हुने थप्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);