बैंकले भव्य भवन महंगा गाडीमा खर्च गर्छन् तर साइबर सुरक्षामा लगानी शुन्य | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

बैंकले भव्य भवन महंगा गाडीमा खर्च गर्छन् तर साइबर सुरक्षामा लगानी शुन्य

atm

काठमाडौं, २० भदौ । बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रवेशद्वारमा हतियार सहितका सुरक्षागार्ड बाक्लै रुपमा उपस्थिति हुन्छन् । तर, तिनै गार्डले चाल नपाउने गरी नगद चोरी भएको घटना अनौठो र अपत्यारिलो बन्दै छन् ।

सूचना प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा राखिएको नगद चोरी भएको घटना नौलो नभए पनि कतिपय अब्बल र इमान्दार बैंकर्स तथा सुरक्षा गार्डका लागि भने यस्तो घटना अनौठो र अपत्यारिलो बन्ने गरेका छन् ।

बबरमहलस्थित प्रभू बैंकको मुख्यालयमा खटिएका एक सुरक्षागार्डले आश्चार्य मान्दै भन्नुभयो–हाकिमले नै थाह नपाउने गरी चोरी हुँदो रहेछ, हामी त सामान्य कर्मचारी (सुरक्षागार्ड) । बैंक तथा वित्तीय संस्थाका लागि ‘ह्याकर’ ठूलो अपराधि भन्नेमा ती सुरक्षागार्ड विश्वस्त छन् ।

तर, बैकर्सहरू भने यो समस्याप्रति गम्भीर तथा सचेत देखिदैन्न, नेपाल प्रहरीको साइबरक्राइम अनुसन्धानकर्ता प्रहरी नायव उपरीक्षक पशुपति राय ई–बैकिङ सेवामा साइबर सुरक्षा थ्रेट विश्वकै लागि चूनौतिपूर्ण बन्दै गएको बताउनुहुन्छ ।

नेपालका बैंक तथा वित्तीय संस्थामा पनि साइबर सुरक्षाको जोखिममा रहेकाले प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको कार्यालयले सम्वद्ध अधिकारीलाई पटक–पटक यस विषयमा सचेत र सतर्क गराएको उहाँले स्पष्ट पार्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);