दशैं-तिहार लक्षित नयाँ नोट वितरण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

दशैं-तिहार लक्षित नयाँ नोट वितरण सुरु

naya note

काठमाडौं, १० असोज । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि नयाँ र सुकिला नोट सटही सुविधा शुरु गरेको छ । दशैंका लागि सबैको आकर्षण हुने नयाँ नोट असोज १७ गतेसम्म सर्वसाधारणले विभिन्न बैंकबाट साट्न पाउने छन् ।

राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट नयाँ र नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

असोज १० देखि १७ गतेसम्म सर्वसाधारणले राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक तथा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ र सुकिला नोट साट्नसक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । एक जनालाइ ५, १०, २०, ५० र १०० दरका नयाँ नोट एक-एक पाकेट गरी बढीमा १८ हजार ५ सय रुपैयाँसम्मसटही सुविधा गरिएको छ ।

शुक्रबार कृषि विकास बैंकले २ सय जनालाई नयाँ नोटको कुपन वितरण गरेको कृषि विकास बैंकका बजार व्यवस्थापन विभागीय प्रमुख अजय कुमार रिमालले बताउनु भयो ।

त्यसैगरि, कृषि विकास बैंकको गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नोट सटही सुविधा छ । अन्य बैंक तथा वित्तीय संस्थालाई पनि आंशिक मात्रामा नयाँ नोट उपलब्ध गराउने भएकाले आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नोट साट्न पाइने सुविधा दिइएको राष्ट्र बैंकले जारी गरको वक्तव्यमा उल्लेख छ ।

निर्धारित १८ हजार ५ सयभन्दा बढी पैसा आवश्यक पर्नेलाई भने नयाँ नोटको सट्टा पुरानो तर सुकिला नोट सटही गरिदिने राष्ट्र बैंकले बताएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);