दसैंलाई लक्षित गरेर १४ स्थानमा ‘नागरिक सहायता कक्ष’ सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दसैंलाई लक्षित गरेर १४ स्थानमा ‘नागरिक सहायता कक्ष’ सञ्चालन

प्रमिला भण्डारी
काठमाडौं, १० असोज । सरकारले चाडपर्वमा यात्रुको टिकट सम्बन्धी हुने समस्या समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ सञ्चालन गरिरहेको छ । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको सक्रियतामा सहायता कक्षहरु स्थापना गरिएको हो । टिकट काउण्टर र बसपार्क क्षेत्रमा यात्रुहरुको सुविधाको लागि सहायता कक्ष संचालनमा ल्याइएको हो ।

काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । गत आइतबार अग्रिम टिकट बुकिङ शुरु भएपछि सोही दिनबाट नयाँ बसपार्कमा सहायता कक्ष शुरु गरिएको थियो भने अहिले उपत्यकाका विभिन्न १४ स्थानमा सञ्चालन गरिएको छ ।

यात्रुहरुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यले कक्ष शुरु गरिएको ट्राफिक प्रहरीको भनाई छ । सहायता कक्षमा दैनिक ठुलो संख्यामा यात्रुहरु गुनासो लिएर आउने गरेका छन् । यात्रुहरुलाई ठगिनबाट बचाउनको लागी सहायता कक्षमा सम्पुर्ण स्थानको भाडादर राखिएको छ । यदि उक्त भाडादर भन्दा बढि लिएको पाईएकामा भने कारबाहि गर्ने प्रहरीको भनाई छ ।

सहायता कक्ष प्रती यात्रुहरु खुसी भएका छन् । यात्रुहरु टिकट काट्नको लागी काउन्टरमा जानु भन्दा पहिला नागरिक सहायता कक्षमा गएर आफु जाने ठाउँको भाडा बुझने गर्दछन् ।

help desk

सामान्य गाडीको भाडादर र एसी डिलक्स गाडीको भाडादर फरक फरक हुने गर्दछ । तर सहायता कक्षमा सामान्य भाडादर उल्लेख गरेको हुनाले यात्रुहरु अलमलमा पर्ने समस्या आएको हुनाले अहिले सामान्य र एसि डिलक्स सबैको छुट्टाछुट्टै भाडादर उल्लेख गरिएको छ ।

यस वर्ष यातायातको भाडादर बृद्धि नभएको व्यवसयिको भनाई छ । भाडादर सरकारले नै उल्लेख गरेर विभिन्न स्थानमा टाँसेको हुनाले मुल्यमा व्यवसायि र यात्रु विच समस्या नआएको व्यवसायिको भनाई छ ।

नागरीक सहायता कक्षमा ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागका पदाधिकारीहरु संलग्न हुने छन् । साथै यात्रुलाई सहायता केन्द्रबारे जानकारी गराउनको लागी ठुला ठुला पोस्टर र साउण्ड सिस्टम समेत राखिएको प्रहरीको भनाई छ । दशैँ, तिहार जस्ता चाडपर्वलाई लक्षित गरि अन्य अनुगमनलाई पनि तिब्र पारिएको विभागले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);