भदौ २८ गतेदेखि नयाँ नोट साट्न पाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, १९ भदौ – यही भदौ २८ गतेदेखि दशैँलाई लक्षित गर्दै नयाँ नोट साट्न पाइने भएको छ ।

 

नेपाल राष्ट्र बैंकले राष्ट्र बैकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट २८ गतेदेखि नयाँ नोट साट्न पाइने ब्यवस्था मिलाइएको जनाएको छ ।

 

राष्ट्र बैंकले निकालेको सूचना अनुसार नयाँ नोट एकजनाले २० हजारसम्म मात्र साट्न पाउनेछन् । ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट सटही गर्न सकिनेछ ।

यद्यपी राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका काउन्टरबाट भने २७ हजार रुपैयाँ सम्म नोट सटही गर्न सकिनेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);