दशैंका लागि १२ अर्बको नयाँ नोट साटियो | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

दशैंका लागि १२ अर्बको नयाँ नोट साटियो

naya note

काठमाडौं, असोज ३० । दशैंका लागि सर्वसाधारणले १२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटेका छन् । नेपाल राष्ट्र बैंक आफैंले र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले दशैंका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएका थिए । राष्ट्र बैंकको नोट विभागका अनुसार असोज २९ गते साँझसम्ममा राष्ट्र बैंकले ११ अर्ब ७९ करोड रुपैयाँ नयाँ नोट बजारमा पठाएको थियो ।

असोज २१ गतेदेखि असोज २९ गतेसम्म सर्बसाधारणलाई नयाँ नोट साट्ने सुविधा उपलब्ध गराइएको थियो । यो अवधिभर ११ अर्ब ७९ करोड नयाँ नोट साटिएका छन । त्यस्तै, यो अवधिमा राष्ट्र बैंकले भुक्तानीका लागि पनि मोटो रकम बजारमा पठाएको छ । भुक्तानीका लागि ५०० र १०० दरका नोट पठाइएको थियो ।

यस वर्ष एक जना ब्यक्तिलाई ५,१०,२० र ५० रुपैयाँ दरका दुई दुई पाकेट र १०० रुपैयाँ दरका एक पाकेट गरी जम्मा २७ हजार रुपैयाँसम्मका नयाँ नोट उपलब्ध गराइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);