कांग्रेसको दोस्रो चरणको जागरण अभियान आजबाट देशभर एकैसाथ सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसको दोस्रो चरणको जागरण अभियान आजबाट देशभर एकैसाथ सुरु

jagarn-aviyanp

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट देशभर एकैसाथ सुरु गरेको छ । हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान सुरु गरिने छ ।

कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा बिरुवा नै रोपेर गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । समग्रमा देशभर ३४ हजार ९ सय ८० बिरुवा रोपिने उनले बताए । प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि ३३० प्रतिनिधिहरु सम्बन्धित क्षेत्रमा खटिएका छन् । १५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिनेछ ।

जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तरक्रिया स्थानीय तहको दुई वर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेश लगायतका कार्यक्रम हुने छन् । साथै केन्द्रीय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका अग्रजहरु, सहिद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र सल्लाह सुझावहरु संकलन गर्ने कांग्रेसले जनाएको छ । स्वदेश र विदेशमा रहेका सबैलाई उत्साहपूर्वक जागरण अभियानमा सरिक हुन नेपाली कांग्रेसले आह्वानसमेत गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);