चिनियाँ राष्ट्रपति सी जीनको नेपाल भ्रमण छिट्टै हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चिनियाँ राष्ट्रपति सी जीनको नेपाल भ्रमण छिट्टै हुने

oli n wang

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमण छिट्टै हुने विश्वास व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले चिनियाँ विदेशी मन्त्री वाङ यीसँगको शिष्टाचार भेटमा सो विश्वास व्यक्त गर्नु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपरान्ह भएको प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङले उपयुक्त समयमा राष्ट्रपति सीको नेपाल भ्रमण हुने विश्वास दिलाउनु भएको थियो । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण छिट्टै हुने विश्वास व्यक्त गर्नु भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनु भयो ।

भेटमा विदेशमन्त्री वाङले राष्ट्रपति सी र चिनियाँ सरकारले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुःखी नेपाली’ को नारालाई पूर्ण समर्थन रहेको सन्देश पठाउनु भएको पनि बताउनु भएको थियो । विदेशमन्त्री वाङले राष्ट्रपति विद्या भण्डारीसँग पनि शिष्टाचार भेट गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);