'उपयुक्त समयमा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुन्छ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

‘उपयुक्त समयमा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुन्छ’

oli n wang

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमण छिट्टै हुने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले चिनियाँ विदेशी मन्त्री वाङ यीसँगको शिष्टाचार भेटमा सो विश्वास व्यक्त गर्नु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपरान्ह भएको प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङले उपयुक्त समयमा राष्ट्रपति सीको नेपाल भ्रमण हुने विश्वास दिलाउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण छिट्टै हुने विश्वास व्यक्त गर्नु भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनु भयो ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले चीनले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा पु¥याउँदै आएको सहयोगका पनि खुलेर प्रशंशा गर्नु भएको थियो । नेपाली भूमि कुनै पनि मुलुकको विरुद्ध प्रयोग हुन नदिने नेपालको अडान पनि प्रधानमन्त्री ओलीको दोहो-याउनु भएको पनि परराष्ट्र सल्लाहकार भट्टराईले बताउनु भयो ।

भेटमा विदेशमन्त्री वाङले राष्ट्रपति सी र चिनियाँ सरकारले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुःखी नेपाली’ को नारालाई पूर्ण समर्थन रहेको सन्देश पठाउनु भएको पनि बताउनु भएको थियो ।

त्यसक्रममा चिनियाँ राष्ट्रपति सी र सरकारले प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य लाभको कामना गर्नु भएको पनि बताउनु भएको परराष्ट्र सल्लाहकार भट्टराईले बताउनु भयो ।

भेटमा चीन र नेपालबीच भएको द्धिपक्षीय समझदारी कार्यान्वयनमा पनि जोड दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । त्यसलगत्तै चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्या भण्डारीसँग पनि शिष्टाचार भेट गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);