काँग्रेसले यही बैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काँग्रेसले यही बैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने

congress

काठमाडौं, ३ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले यही बैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । नेपाली काँग्रेसले मंगलबार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी बैशाख ११ गतेबाट राष्ट्रिय जागरण अभियान संचालन गर्ने औंपचारिक जानकारी गराएको हो ।

सरकारले संघीयताको मर्म अनुसार काम गर्न नसकेको कुरा आम जनतालाई जानकारी दिन राष्ट्रिय जागरण अभियान संचालन गर्न लागिएको पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । तीन चरणमा संचालन हुने राष्ट्रिय जागरण अभियान अन्तरगत पहिलो चरणको एक महिने कार्यक्रम ७७ जिल्लामा हुनेछ ।

त्यसैगरी दोस्रो चरणको कार्यक्रम भदौं २३ गतेदेखि असोज ७ गतेसम्म ३ सय ३० वटै निर्वाचन क्षेत्रमा संचालन हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुसको दोस्रो साता सबै पालिकामा हुने पनि काँग्रेसले जनाएको छ ।

वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउन नसक्ने कुरा पनि आम पार्टी पंक्ति र जनतालाई सूसुचित गराउन सो राष्ट्रिय जागरण अभियान संचालन गर्नु परेको उपसभापति निधिले बताए ।

काँग्रेसले सो अभियानलाई प्रभावकारी बनाउन विघटित नेपाल विद्यार्थी संघलाई ब्यूताउने तथा तरुण दलको तदर्थ समितिलाई पूर्णता दिने पनि स्पष्ट पारेको छ । उपसभापति निधिले सो राष्ट्रिय जागरण अभियानलाई सफल बनाउन नेविसंघ र तरुण दललाई पनि वैधानिकता दिएर अभियानमा सहभागी गराउने पनि स्पष्ट पारे ।

नेपाली काँग्रेसले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले मुलुकलाई अघि बढाउन नसकेको निष्कर्ष निकाल्दै त्यसबारे जनतालाई सचेत गराउने भन्दै राष्ट्रिय जागरण अभियान संचालन गर्न लागेको हो । उपसभापति निधिले राष्ट्रिय जागरण अभियानको क्रममा पार्टीको नीति, कार्यक्रम र भावी योजनाबारे पार्टीका आम पंक्तिलाई जानकारी गराउने बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);