विद्युतीय कारोवार ऐन पत्रकारितामाथि नियन्त्रण गर्न प्रयोग गरेको भन्दै महासंघको विरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विद्युतीय कारोवार ऐन पत्रकारितामाथि नियन्त्रण गर्न प्रयोग गरेको भन्दै महासंघको विरोध

काठमाडौं, ३ बैशाख । नेपाल पत्रकार महासंघले विद्युतीय कारोवार ऐन पत्रकारितामाथि नियन्त्रण गर्न प्रयोग गरेको भन्दै सरकारको विरोध गरेको छ । महासंघले मंगलबार माइतिघर मण्डालामा प्रदर्शन गर्दै सरकारले पत्रकारिताक्षेत्रमाथि नियन्त्रण गरेको आरोप लगाएको हो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले अनलाइन संचारमाध्यमाथी सुशासन ऐन अन्तर्गत ल्याएको अनलाइन संचारमाध्यम निर्देशिका लगाएर नियन्त्रण गर्न खोजेको तथा स्वतन्त्र पत्रकारितामा विद्युतीय कारोवास ऐनको अंकुश लगाउन खोजेको आरोप लगाए ।

उनले पत्रकाररितासँग साइनोसमेत नभएका ऐनको प्रयाग गर्दै पत्रकारमाथि धरपकड जारी राख्दा सरकारको नियतमा प्रश्न उठ्ने भन्दै सचेत हुन आग्रह गरे । उनले महासंघले सांकेतिक रुपमा मात्र विरोध गरेको भन्दै आन्दोलनमा आउन बाध्य नपार्न सकारलाई चेतावनी समेत दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);