जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खुल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खुल्यो

काठमाडौं, ३ बैशाख । सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो खोलिदिएको छ । गृह मन्त्रालयले गत चैत १९मा ७७ वटै जिल्ला प्रशासनलाई जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र गरेको थियो ।

आदेशको सबत्र आलोचनासँगै त्यसविरुद्ध सर्वोच्चमा रिट परेपछि सर्वोच्चका न्यायाधीश पुरषोत्तम भण्डारीको इजलासले अन्तरिम आदेश मार्फत तत्कालका लागि रोक लगाएको थियो । तर, रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको हो ।

संयुक्त इजलासको निर्णयसँगै अव गृहमन्त्रालयको पत्र अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजनको नागरिकता बाड्ने बाटो खुलेको छ । संविधानले नै संघीय कानुन अनुरुप नागरिकताका दिने विषय उल्लेख गरेको र संघीय कानुन संसदमा विचाराधिन रहेको भन्दै निर्णय कार्यान्वयन रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेसहितले रिट दाय गरेका थिए ।

संविधानले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था गरेपनि संसदमा नागरिकता विधेयक विचाराधिन रहेका बेला परिपत्र जारी गरेपछि विवाद बढेको थियो । संसदमा संविधानको व्यवस्थाका विषयमा समेत बहस चलिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);