वंशजको आधारमा नागरिकता दिन गरिएको परिपत्र बिधिसम्मत : गृहमन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

वंशजको आधारमा नागरिकता दिन गरिएको परिपत्र बिधिसम्मत : गृहमन्त्री थापा

nagarikta-grihamantri thapa

काठमाडौं, २७ चैत । गृहमन्त्री रामबहादुर थापाले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सबै जिल्लामा गरिएको परिपत्र बिधिसम्मत भएको दाबी गरेका छन् ।

बुधवार बसेको संसदको राज्यव्यवस्था समितिको बैठकमा गृहमन्त्री थापाले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पटक पटकको आदेशलाई मुख्य आधार मानेर जन्मसिद्धका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सबै जिल्लामा परिपत्र गरिएको प्रष्टयाएका हुन् । उनले जनता समस्यामा परेकाले पनि आफूहरुले नागरिकता वितरणमा देखिएको समस्या समाधान गर्न सो परिपत्र गर्नु परेको बताए ।

बैठकमा गृह सचिव प्रेमकुमार राईले मन्त्रीस्तरीय बैठकबाट यस अघि पनि सो नागरिकता वितरण गरिएकोबारे समितिका सदस्यहरुको ध्यानाकर्षण गराए ।

बैठकमा समितिका सदस्य नवराज सिलवालले संंघीय संसदमा नागरिकता विधेयक विचाराधिन रहेकै बेला हतारमा नागरिकता वितरण सम्बन्धि परिपत्र गरेको भन्दै गृह मन्त्रालयको आलोचना गरे ।

समितिका अर्का सदस्य प्रेम सुवालले संसदीय समितिलाई छलेर नागरिकताका बारेमा कुनै पनि निर्णय नलिन सरकारलाई सचेत गराए ।

सर्वोच्च अदालतले पनि जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने गृह मन्त्रालयको परिपत्र तत्कालका लागि कार्यान्वयन नगर्न-नगराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);