राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले बैधानिकता पायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले बैधानिकता पायो

काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले बैधानिकता पाएको छ । निर्वाचन आयोगले पशुपति शमशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनी नेतृत्वको दुई वटा राप्रपा मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई कानुनी रुपमा राजनीतिक दलको मान्यता दिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि आयोगले आफ्नो पार्टीलाई राजनीतिक दलको मान्यता दिएको जनाएको छ । राप्रपा संयुक्तले निर्वाचन चिन्ह ‘हलो’ पाएको छ ।

राप्रपा संयुक्तले हिन्दु राष्ट्र कायम गर्दै राजसंस्थालाई राष्ट्रप्रमुखको रुपमा स्थापित गराउने सवाललाई मुख्य नीतिको रुपमा प्राथमिकताका साथ अघि सारेको छ । हालका राष्ट्रप्रमुखको भुमिका निश्पक्ष हुन नसेककाले सेरेमोनियल राजसंस्थाको पक्षमा आफुहरु रहेको राप्रपाका अर्का अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले बताए ।

अध्यक्ष जबराले नेपाललाई अधिनायकवाद तर्फको यात्रा बाट रोक्नका लागि नीति र सिद्धान्त मिल्ने सबैलाई एकता र सहकार्यका लागि आव्हान गरेका छन् ।

वर्तमान सरकारका गतिविधि संविधानको भावना र मर्म विपरित रहेको, भ्रष्टाचार मौलाएको संबैधानिक अंगका स्वतन्त्रतामा हस्तक्षेप गरिएको तथा प्रधानमन्त्रीको तजवीजमा सेना परिचालन लगायतका कार्यहरु नियोजित रुपमा सक्रिय भएको आरोप राप्रपा संयुक्तले लगाएको छ । पार्टी एकतापछि बनेको राप्रपा संयुक्तका लोहनी र जबरा दुई अध्यक्ष रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);