राप्रपा संयुक्तले तिहारलगत्तै ‘जनकपुर-लुम्विनी धार्मिक यात्रा’ गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राप्रपा संयुक्तले तिहारलगत्तै ‘जनकपुर-लुम्विनी धार्मिक यात्रा’ गर्ने

काठमाडौं, ११ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हिन्दु राष्ट्रको पक्षमा जनमत सृजना गर्न दशैं÷तिहारलगत्तै ‘जनकपुर–लुम्विनी धार्मिक यात्रा’ आयोजना गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा जनमत सृजना गर्न तिहारलगत्तै सो धार्मिक यात्रा गर्ने घोषणा गर्नु भएको हो ।

दसैं, तिहारसहितका चाडपर्वको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको सो अभियानमा सबैलाई सहयोग, सद्भावना र सहभागिताका लागि पनि आग्रह गर्नु भयो ।

अध्यक्ष राणाले मुलुकको राजनीतिक परिदृष्य निराशाजनक रहेको तथा आर्थिक परिसूचकहरु कहाली लाग्दो रहेको उल्लेख गर्दै त्यसबाट मुलुकलाई मुक्त गराउन नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गर्नु भयो ।

अध्यक्ष राणाले मुलुक र जनताको उन्नति र विकासका लागि सरकारले कुनै पनि खालको ठोस कदम चाल्न नसकेको दावी पनि गर्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);