नेपाली कांग्रेस प्रचण्डको भरिया : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाली कांग्रेस प्रचण्डको भरिया : कमल थापा

kamal thapa

भक्तपुर, ११ असोज । राष्ट्रिय पजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस प्रचण्डको भरिया आरोप लगाउनु भएको छ । भक्तपुर जिल्ला समितिले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै थापाले प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले आफ्नो सिद्धान्तलाई तिलाञ्जली दिँदै प्रचण्डको भरिया भएकाले कांग्रेस र वर्तमान सरकारबीच कुनै भिन्नता नरहेको बताउनु भयो ।

गणतन्त्र, धर्म निरपेक्षता र संघियता नेपालको एजेन्डा नभई बिदेशको एजेन्डा भएको थापाले बताउनु भयो । उहाँले विदेशीको एजेण्डालाई प्रचण्डले भरियाका रुपमा नेपाल भित्र्याएको र यसलाई नै कांग्रेसले आत्मसाथ गर्दै पछि पछि लागेको आरोप लगाउनु भयो ।

इतिहासमै वर्तमान सरकार सबैभन्दा भ्रष्ट रहेको बताउँदै राप्रपा अध्यक्ष थापाले प्रहरी प्रशासन, राजनीतिक दलहरु र अदालतसम्मको सेटिङमा ईतिहासकै ठूलो एनसेलको ४० अर्वको घोटाला भएको बताउनु भयो । धर्म र संस्कृति संकटमा परेका बेला सबै एकजुट भएर संरक्षण गर्नु पर्ने बेला आएको उहाँले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);