तरुण दलभित्रको विवाद थप पेचिलो बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तरुण दलभित्रको विवाद थप पेचिलो बन्दै

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसमा गुटको असर भातृ संगठनहरुमा समेत देखिदै आएको छ । कांग्रेस भातृ संगठन तरुणदलले गुटवन्दीकै कारण समितिले पूूर्णता पाएको छैन ।

दरुण दलभित्र अध्यक्ष र महासचिवबीचको विवादले उग्र रुप लिएको छ । महासचिवको समूहले पार्टी नेतृत्वले अध्यक्षलाई कारवाही गर्नुपर्ने भन्दै केन्द्रिय समिति बैठकका लागि पार्टी नेताहरु कार्यालयमा पुग्ने समयमा नारावाजी गरेपछि तरुण दलको विवाद उत्कर्षमा पुगेको हो ।

यसअघि तरुण दलका अध्यक्ष र महासचिवले दुवैले एकअर्कालाई कारवाही गरेको विज्ञप्ती प्रकाशित गरेका उनीहरु नारावाजीमै उत्रिएपछि तरुण दलभित्रको विवाद थप पेचिलो बनेको छ ।

करीव ३ वर्ष अघि पोखरामा सम्पन्न महाधिवेशनले ४ सदस्यीय पदाधिकारी तोकेर अन्य सदस्य थप गर्ने सहमति गरेको भएपनि लामो समय वितिसक्दा पूर्णता त पाएको छैन नै, विभिन्न खेमाबाट पदाधिकारीमा नियुक्त भएकाहरुवीचमै विवाद भएको छ ।

महाधिवेसन गराउनका लागी तत्कालीन अवस्थामा केन्द्रीय सदस्य बालकृष्ण खाँड नेतृत्वमा अन्य केन्द्रीय सदस्यहरु सरीता प्रसाइ, रामकृष्ण यादव, शंकर भण्डारी लगाएतलाई जिम्मेवारी दिइएको थियो ।

पोखरामा सम्पन्न महाधिवेसनले ४ पदाधीकारी चयन गरेको थियो । ९५ सदस्यीय समितिलाई पछि पूर्णता दिने भनिएपनि हालसम्म पनि पुर्णता पाउन सकेको छैन । तरुण दललाई पुर्णता दिने विषयमा कांग्रेसको केन्द्रीय समिति बैठकमा पटक पटक छलफल हँुदै आएपनि निश्कर्ष बिहिन हुँदै आएको छ ।

भागवण्डामा रुमलिंदा समस्या आएकोे खाँड नेतृत्वको समिति सदस्य रामकृष्ण यादबको भनाइ रहेको छ । प्रत्येक तिन बर्षमा महाधिवेसन हुनुपर्ने तरुण दलको बिधानमा उल्लेख छ ।

विधान अनुसार तरुण दलको महाधिवेसन आउन अव करिव ३ महिनामात्र बाँकि छ । यस्तो अवस्थामा पदाधीकारी बिचमा एकअर्कालाई आरोप पत्यारोप गर्नु भन्दा पनि कसरी संगठनलाई महाधिवेसनमा लान सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने उपाध्यक्ष उक्तमकुमार चापागाइको भनाइ छ ।

तरुण दलमात्र होइन नेपाली कांग्रेसको अन्य भातृ संगठन नेपाल बिद्यार्थी संघ, महिला संघ लगाएतको अवस्था समेत उस्तै छ । सवै भातृ संगठनभित्रको समस्या समाधान गर्न सकेमात्र कांग्रेसले गति लिन सक्ने नेताहरुले बताउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);