नागरिकता विधेयक खारेज गर्न माग गर्दै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नागरिकता विधेयक खारेज गर्न माग गर्दै प्रदर्शन

काठमाडौं, १६ बैशाख । नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारलाई दवाव दिँदै सोमबार काठमाडौंमा प्रदर्शन भएको छ । राष्ट्रिय जनमोर्चा, नेकपा मालेलगायतका साना बाम राजनीतिक दलहरु आवद्ध ‘नागरिकता विधेयकविरुद्धको संघर्ष समन्वय समिति’ले संघीय संसदमा विचाराधिन नागरिक संशोधन विधेयक तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहितको प्रर्दशन गरेको हो ।

प्रदर्शनका क्रममा नयाँ बानेश्वर पुगेका प्रदर्शनकारीहरुले सो नागरिकता संशोधन विधेयक जलाउने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल समेत भएको थियो । त्यस क्रममा डिएसपी गोविन्दनाथ काफ्लेको टाउकोमा एक प्रर्दशनकारीले लाठी प्रहार समेत गरेका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालीहरुलाई अल्पमतमा पार्ने गरी भारतीयहरुलाई नागरिकता वितरण गर्ने गरी ल्याइएको राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गर्नु परेको बताए । उनले सरकारले ल्याएको सो विधेयक मुलुकको लागि कलंक भएको उल्लेख गर्दै त्यसलाई जलाउँदा सुरक्षाकर्मीहरु किन रिसाएको ? भनि प्रश्न गरे ।

नेकपा मालेका महासचिव सिपी मैनालीले गैर नेपालीहरुलाई सहजै नागरिकता दिने सरकारको राष्ट्रद्रोही कदमविरुद्ध आन्दोलन सुरु गरिएको बताए ।

प्रदर्शनकारीहरुले भारतीयहरुलाई नागरिकता दिने गरी सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गरेकोमा पनि आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेका थिए ।

नेकपा माले महासचिव मैनालीले संघीय संसदमा विचाराधिन अवस्थामा रहेको नागरिकता विधेयक पारित नभई नागरिकता वितरण गर्न किन सरकारले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको भन्दै आक्रोश व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);