अनलाइनबाट औषधि बिक्री वितरण बन्द गर्न विभागको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अनलाइनबाट औषधि बिक्री वितरण बन्द गर्न विभागको निर्देशन

काठमाडौं, १२ चैत । सरकारले अनलाइन लगायतका सामाजिक सञ्जालहरूमा फार्मेसी सेवाका नाममा भइरहेको औषधि बिक्री वितरण तत्काल बन्द गर्न निर्देशन दिएको छ।

अनलाइन फार्मेसीमा विभिन्न छुट सुविधा उल्लेख गरी गैरकानूनी रूपमा औषधि बिक्री वितरण भएको भन्दै औषधि व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

सामाजिक सञ्जाल वा पत्रपत्रिकाहरुमा औषधिहरुको विज्ञापन गर्नु पूर्व औषधि ऐनको दफा १९ वमोजिम औषधि विभागबाट पूर्व अनुमति लिनुपर्ने प्रावधान रहेकोमा सो बर्खिलाप हुन नदिने प्रयोजनका लागि अर्को व्यवस्था नहुन्जेल सम्मको लागि त्यस्ता भ्रमपूर्ण प्रचार प्रसार सहितका अनलाइन फोर्मेसीसँग सम्बन्धित सम्पूर्ण कार्यहरु बन्द गर्न विभागले निर्देशन दिएको छ ।

विभागले अनलाइन फार्मेसीसँग सम्बन्धित सम्पूर्ण कार्यहरुको बारे विभागलाई जानकारी गराई अर्को व्यवस्था नहुन्जेल सम्मका लागि तत्काल बन्द गर्न गराउन सबैलाई निर्देशन दिएको हो ।

औषधि ऐन २०३५, दफा १९ बमोजिम औषधिको झुट तथा भ्रामक प्रचार गर्न नहुने कानूनी व्यवस्था रहेकाले कानुन विपरीत अनलाइनबाट भइरहेको औषधि बिक्री वितरण बन्द गर्न विभागले सूचना जारी गरेको छ।

अनलाइन फार्मेसी सेवा प्रदान गर्ने संस्था भनी विभागमा हालसम्म कुनै फार्मेसी पनि दर्ता नरहेको पनि सूचनामा उल्लेख गरिएको छ ।

विभिन्न छुटको प्रलोभन देखाई बिक्री वितरण भईरहेका त्यस्ता ओषधिहरुको सुरक्षितता, गुणस्तरियता, प्रभावकारिकताका सम्बन्धमा सम्बन्धित उपभोक्ता आफै जिम्मेवार हुनुपर्ने हुनाले अनलाइन फार्मेसीबाट औषधिहरु प्रयोग नगर्न पनि सर्वसाधारण तथा विरामीहरुलाई विभागले अनुरोध गरेको छ ।

निर्देशन नमानेको पाईएमा नियमानुसार कारवाही हुने पनि विभागले चेतावनी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);