काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । काँग्रेसले सरकारले सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी डोजर आतंक मच्चाएको भन्दै सरकारको विरोध गरिरहेको छ । यसबारेमा सदनमा सशक्त ढंगले प्रश्तुत हुने काँग्रेसले बताएको छ । वैशाख २८ गते संसद अधिवेशन आह्वान भएकाले पनि संसदमा प्रश्तुत हुने विषयमा छलफल हुने बताइएको छ । संसद अधिवेशन बोलाइसकेपछि पुनः स्थगित गरी अध्यादेश ल्याउनुलाई काँग्रेसले उचित ठानेको छैन । यसबारेमा पनि छलफल हुने बताइएको छ ।




