माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ ।

आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजे माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई बोलाइएको छ भने संसदमा कसरी प्रस्तुत हुने विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा पछिल्लो राजनीनिक घटना क्रमका साथै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय राजनीतिक घटनाक्रम बढेसँगै पार्टीहरुले बैठकहरुलाई तिब्रता दिएको छ ।

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक शुक्रबार बसेको थियो भने कांग्रेसको पदाधिकारी बैठक पनि बसेको थियो ।

त्यसैगरी कांग्रेसले पनि आज संसदीय दलको बैठक बोलाएको छ । त्यसैगरी एमालेले पनि आइतबार नै स्थायी कमिटी बैठक र सोमबार केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);