काठमाडौँ ।
नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रश्तुत हुनुपूर्व पार्टीको रणनीति तय गर्न काँग्रेसले बैठक आह्वान गरेको हो । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । बैठकमा मुख्यतया बजेट अधिवेशनमा पार्टीको भुमिका र सदनमा प्रश्तुत हुने विषयमा विस्तृत छलफल हुने जनाइएको छ । नेपालको संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते संसदमा प्रश्तुत गरिँदैछ । बजेट भाषणको अघिल्लो दिन बस्न लागेको यस बैठकलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्था र संसदमा पार्टीले लिने रणनीतिका बारेमा समेत सदस्यहरूबीच विचार विमर्श हुने बताइएको छ ।




