कांग्रेसको राष्ट्रिय जागरण अभियानको पहिलो चरण शनिवार सकिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेसको राष्ट्रिय जागरण अभियानको पहिलो चरण शनिवार सकिदै

कांग्रेसको राष्ट्रिय जागरण अभियान

तेजना पण्डित

काठमाडौं, २४ जेठ । सरकारबिरुद्ध खबरदारी र पार्टी सुदृढिकरणका लागि भन्दै नेपाली काँग्रेसले चलाएको देशव्यापी जागरण अभियानको पहिलो चरणको कार्यक्रम शनिवार सकिदैछ । जागरण अभियानका नाममा कांग्रेसका शीर्ष नेताहरुले गुटगत समूह बलियो पार्न खोज्दा अभियान प्रभावकारी हुन नसकेको कांग्रेसकै नेताहरुले टिप्पणी गरेका छन् ।

निर्वाचनमा हार व्योहोरेर प्रतिपक्षीको भुमिकामा बस्न पुगेको नेपाली कांग्रेस निराश भएका कार्यकर्तालाई जागरुक बनाउन नेपाली काँग्रेस जागरण अभियानमा जुटेको थियो । पार्टी संगठन सुदृढ बनाउने, पार्टीको परिवर्तित बिधानको बारेमा जानकारी गराउने र सरकारका गलत गतिविधि कार्यकर्तासँगै नागरिकसम्म पु¥याउन भन्दै कांग्रेसले बैशाख २५ गतेदेखि देशै भर जन जागरण अभियान शुरु गरेको थियो । केन्द्रीय नेताहरु जागरण अभियानको उद्देश्य भन्दा पनि आफ्नो गुटलाई महाधिवेशनमा बलियो बनाउन लाग्दा अभियान प्रभावकारी नभएको नेताहरु बताउँछन् ।

महाधिवेशनमा आफ्नो स्थान सुरक्षित गर्न गुटको प्रभाव जन जागरण अभियानमा प्रयोग गरेको शिर्ष नेतृत्वलाई आफ्नै पार्टीका नेताहरुले आरोप लगाई रहेका छन् । तर शिर्ष नेतृत्वले भने आन्तरीक गृहकार्य नपुग्दा जागरण अभियान प्रभावकारी हुन नसकेको बताउँछन् ।

शिर्ष नेताहरुले आन्तरीक सहमति नगरी जन जागरण अभियानमा पठाउदा प्रभावकारी हुन नसकेको विश्लेषकहरु बताउछन् । यस्तो अवस्थामा प्रथम चरणको जागरण अभियानबाट आएका सुझाबहरुलाई निष्पक्ष तरिकाले मुल्याङ्घन गरि अघि बढ्न सक्नुपर्ने राजनीतिक विश्लेषक होमनाथ दाहालको सुझाब छ ।

हिमाल पहाड तराई–मधेश नेपाली कांग्रेस जागरण अभियान नाम दिइएको जागरण अभियान पहिलो चरणको यहि जेठ २५ गते सकिदैछ । दोश्रो चरणको भदौ चौबिसदेखि असोज १०, तेश्रो चरणमा पुस १० देखि पूस १६ सम्म संचालन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);