कांग्रेसको जागरण अभियान प्रभावकारी र उपलब्धिमुल हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेसको जागरण अभियान प्रभावकारी र उपलब्धिमुल हुन सकेन

कांग्रेसको राष्ट्रिय जागरण अभियान

तेजना पण्डित
काठमाडौं, २३ जेठ । सरकारबिरुद्ध खबरदारी र पार्टी सुदृढिकरणका लागि भन्दै नेपाली काँग्रेसले चलाएको देशव्यापी जागरण अभियानकाबारेमा पार्टी भित्रका नेताबाटै टिप्पणी हुन थालेको छ । अभियान सकिनै लाग्दा अभियान प्रभावकारी र उपलव्धीपमूलक हुन नसकेको काँग्रेसकै नेताहरुले बताउन थालेका छन् ।

निर्वाचनमा हार व्योहोरेर प्रतिपक्षीको भुमिकामा बस्न पुगेको नेपाली कांग्रेस निराश भएका कार्यकर्तालाई जागरुक बनाउन नेपाली काँग्रेस जागरण अभियानमा जुटेको थियो । पार्टी संगठन सुदृढ बनाउने, पार्टीको परिवर्तित बिधानको बारेमा जानकारी गराउने र सरकारका गलत गतिविधि कार्यकर्तासँगै नागरिकसम्म पु-याउन भन्दै कांग्रेसले बैशाख २५ गतेदेखि देशैभर जन जागरण अभियान शुरु गरेको थियो ।

केन्द्रीय नेताहरु जागरण अभियानको उद्देश्य भन्दा पनि आफ्नो गुटलाई महाधिवेशनमा बलियो बनाउन लाग्दा अभियान प्रभावकारी नभएको नेताहरु बताउँछन् ।

महाधिवेशनमा आफ्नो स्थान सुरक्षित गर्न गुटको प्रभाव जन जागरण अभियानमा प्रयोग गरेको शीर्ष नेतृत्वलाई आफ्नै पार्टीका नेताहरुले आरोप लगाई रहेका छन् । तर शीर्ष नेतृत्वले भने आन्तरीक गृहकार्य नपुग्दा जागरण अभियान प्रभावकारी हुन नसकेको बताउँछन् ।

शीर्ष नेताहरुले आन्तरीक सहमति नगरी जन जागरण अभियान गर्दा प्रभावकारी हुन नसकेको बिश्लेशकहरु बताउँछन् । यस्तो अवस्थामा प्रथम चरणको जागरण अभियानबाट आएका सुझाबहरुलाई निष्पक्ष तरिकाले मुल्याङ्घन गरि अघि बढ्न सक्नुपर्ने राजनीतिक बिश्लेषक होमनाथ दाहालको सुझाब छ ।

हिमाल पहाड तराई–मधेश नेपाली कांग्रेस जागरण अभियान नाम दिइएको जागरण अभियान पहिलो चरणको यहि जेठ २५ गते सकिदैछ । दोश्रो चरणको भदौ चौबिसदेखि असोज १०, तेश्रो चरणमा पुस १० देखि पूस १६ सम्म संचालन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);