जागरण अभियान मार्फत कांग्रेसले सरकारको गलत कामको भण्डाफोर गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जागरण अभियान मार्फत कांग्रेसले सरकारको गलत कामको भण्डाफोर गर्ने

nepali congress-jagaran abhiyan

काठमाडौं, ६ बैशाख । जनजागरण अभियान सुरु गर्ने घोषणा गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार विरुद्ध आफनो अभिब्यक्तिलाइ कडा पार्न थालेको छ । निर्वाचनपछि पार्टीभित्रै आन्तरिक द्धन्द्धमा फसेको कांग्रेसले यो जागरण अभियानबाट आफुलाई बलियो र सुदृढ बनाउने दावी गरिरहेको छ । के साच्चिकै यो जागरण अभियानले कांग्रेसलाई सुदृढ बनाउला त ?

आन्तरिक गुटले आक्रान्त भएको नेपाली कांग्रेस पार्टी भित्रको गुटगत राजनीतिको अन्त्य तथा राष्ट्रिय राजनीतिमा आफनो स्थान बनाउनको लागि कांग्रेसले जागरण अभियान सञ्चालन गर्न लागेको छ । कांग्रेस नेतृत्वले पार्टी नेता तथा कार्यकर्तालाई कामको जिम्मेवारी र पद नदिएको भन्दै आक्रोश पोखिरहेको बेलामा कांग्रेसले कार्यकर्तालाइ जिम्मेवारी दिएर ब्यस्त राख्न खोजेको बताउन थालिएको छ । तर, कांग्रेसले भने जागरण अभियान मार्फत सरकारको गलत कामको भण्डाफोर गर्ने तयारी गरेको छ ।

शुक्रवार नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सभापति शेरबहादुर देउवाले सरकारले गलत काम गर्दै आएको बताए । उनले आन्दोलनको तयारीमा लाग्न पार्टीमा आवद्ध नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई निर्देशन दिए । सभापति देउवाले निर्मला पन्तको हत्यारालाई कार्वाही गर्नुको सट्टा बचाउ गर्ने, मूल्य बढाउने, जनतालाई करमाथि कर थोपर्नेजस्ता जनताविरोधी काम ओली सरकारले गरिरहेको आरोप लगाए ।

गत चुनाव देखि कैयौं चरणमा देशभरि घुमेका कांग्रेसका नेताहरु जागरण अभियान घोषणा गरेर त्यसको तयारीमा जुटेका छन । तर,अभियानमा जुटिरहेको बेलामा पनि कांग्रेस माथि एउटा ज्वलन्त समस्या भने देखिएको छ,त्यो हो गुटगत राजनीति । गुटले थिलथिलो भएको कांग्रेसले जागरण अभियान कसरी चलाउला भन्ने प्रश्न पनि यससंगै उठेको छ । यो प्रश्नले आम मानिसलाई मात्र होइन,स्वयम पार्टीका नेताहरुलाइ समेत छोएको छ ।

शुक्रवार सार्वजनिक समारोहमा वोल्ने क्रममा नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले जागरण अभियान सञ्चालनसंगै पार्टी भित्रको गुट उपगुट पनि अन्त्य हुनुपर्ने बताए । उनले सरकारले गलत काम गरेको भन्दै यसका विरुद्धमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिए ।

सरकारबारे विभिन्न चरणमा सानोतिनो विरोधका कार्यक्रम गर्दै आईरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत काम र क्रियाकलापको विरोध गर्ने उदेश्यका साथ जागरण अभियान गर्न लागेको हो । कांग्रेसले संविधान संशोधनमा जनमत खोज्नु, सरकारको गलत कामको भण्डारफोर गर्नु, आफ्नो अगुवाइमा भएका राजनितिक उपलब्धिबारे जनतालाई बुझाउनु, कार्यकर्तालाई पार्टीको विधानबारे जानकारी गराउनु तथा संगठनलाई सुदृढ पार्दै पार्टीलाई बलीयो बनाउने उदेश्य राखेको छ । पार्टी कै उद्देश्य अनुरुप आफुहरु परिचालित हुने र पार्टी नेतृत्व पनि गुटलाइ त्यागेर एक भएर अगाडी बढने बिद्यार्थी नेताहरुको बिश्वास छ ।

कांग्रेस भित्रको गुट केवल नेताहरु मात्र सिमित नरही तल्लो तहसम्म देखिएको छ । शीर्ष नेता देखि वडासम्म देखिएको गुटलाइ हटाइ पार्टी र देश समृद्ध बनाउनुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा छ तर हिरामा किरा परे झैं कांग्रेस गुटको राजनीतिले भित्र भित्रै मक्किरहेको बेलामा गर्न लागिएको जागरण अभियानले बुढो रुखलाइ कति राहत मिल्ला त ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);