कांग्रेस जागरण अभियान २४ वैशाखसम्ममा लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेस जागरण अभियान २४ वैशाखसम्ममा लागि स्थगित

nepali congress

काठमाडौं, ११ बैशाख । पूर्व कोषाध्यक्ष एवं मन्त्री रामकृष्ण ताम्राकारको निधन भएपछि बुधबारदेखि तय भएको कांग्रेसको जागरण अभियान कार्यक्रम स्थगित भएको छ । पार्टीभित्र आन्तरिक एकता, संगठन सुदृढीकरण र सरकारका गलत कामको भण्डाफोर गर्नका लागि अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम स्थगित भएको हो ।

ताम्राकारको निधनपछि बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले जागरण अभियान २४ वैशाखसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । आकस्मिक बैठकले ताम्राकारको निधनमा शोक प्रस्ताव पारित गर्दै जागरण अभियान २५ वैशाखदेखि गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

क्यान्सरबाट पीडित ताम्राकार ज्वरो निमोनियासहित समस्याका कारण पछिल्लो समय अल्का अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा मंगलबार उनको निधन भएको हो । ताम्राकार २०४८ र २०५६ सालमा रुपन्देही २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । यो समाचार नयाँ पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);