काठमाडौं, १० बैशाख । पूर्वसांसद तथा नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएको छ । रुपन्देहीबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रीय राजनीति गर्दै आएका ताम्राकार पटक पटक मन्त्री समेत बनेका थिए ।
अघिल्लो बोनम्यारो कयानसरबाट पीडित ताम्राकारलाई दुइहप्ता अघि आएको ज्वरो नियन्त्रण नभएपछि आईसीयुमा भर्ना गरिएको थियो । निमोनिया समेत भएका कारण अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको थियो ।
ताम्राकारको निधन लगतै नेपाली कांग्रेसका काठमाडौंमा उपलब्ध केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको छ । कांग्रेसले ताम्राकारको निधनमा तीन दिन पार्टी कार्यलय बन्द गर्ने र पार्टीको झण्डा झुकाउने निर्णय गरेको हो ।
बिक्रम सम्बत २०४८ र ५६ मा रुपन्देही–२ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका ताम्राकार स्वास्थ्य मन्त्री र उद्योग, बाणिज्य मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनको निधन भएसँगै कांग्रेसले बुधबार देखि घोषित जागरण अभियान तीन दिन पछि सार्ने निर्णय गरेको छ ।




