पूर्वमन्त्री ताम्राकार प्रति देउवाद्धारा श्रद्धाञ्जली व्यक्त | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

पूर्वमन्त्री ताम्राकार प्रति देउवाद्धारा श्रद्धाञ्जली व्यक्त

deuwadwara-shradanjali

काठमाडौं, ११ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिवंगत पार्टीका नेता एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको छन् ।

सभापति देउवाले बुधबार बिहान पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको दिवंगत नेता ताम्राकारको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन् । त्यस अवसरमा उनले पार्टीको झण्डा ओढाएर नेता ताम्राकारप्रति सम्मान पनि गरेका थिए । त्यसैगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला लगायतका नेता, कार्यकर्ताले पनि दिवंगत नेता ताम्राकारप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष समेत रहेका पूर्वमन्त्री ताम्राकारको निधनप्रति गहिरो शोक व्यक्त गर्दै नेपाली काँग्रेसले बुधबारबाट सुरु गर्न लागेको राष्ट्रिय जागरण अभियान पनि दुई हप्ता पछि सारेको छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा निवासी ताम्राकार २०४८ साल र २०५६ सालमा रुपन्देही जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ताम्राकार स्वास्थ्य र उद्योग मन्त्री समेत बनेका थिए । विगत दुई वर्षदेखि क्यान्सर रोगले पीडित उनको मंगलबार ललितपुरस्थित अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको हो । दिवंगत नेता ताम्राकारको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने काँग्रेसले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);