राष्ट्रपति भण्डारी आज चीन प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपति भण्डारी आज चीन प्रस्थान

bidhya devi bhandari

काठमाडौं, ११ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार (आज) चीन प्रस्थान गरेकी छन् ।

राष्ट्रपति भण्डारी चीनको बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन बुधबार चीन प्रस्थान गरेका हुन् । राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए ।

राष्ट्रपति भण्डारीले चीनको राजकीय भ्रमणको क्रममा चिनियाँ समकक्षी सि जिन पीङसँग भेटवार्ता गर्नेेछन् । त्यसैगरी सन् २०१६ मा दुई मुलुकबीच गरिएको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने कार्यसूचि तय गरिएको छ । केरुङ–काठमाडौं रेलमार्ग निर्माणको काम यसै वर्षबाट सुरु गर्ने गरी सहमति गर्ने, जनशक्ति निर्माणका लागि आवश्यक प्राविधिक विश्वविद्यालय स्थापनाका लागि पनि चीनसँग समझदारी गर्ने तयारी पनि गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरुसहित ४३ सदस्य रहेका छन । राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमण पूरा गरी आगामी बैशाख १९ गते बिहीबार स्वदेश फर्कन कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);