आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने

girirajman pokhrel

काठमाडौं, ११ बैशाख । सरकारले आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७६ सालदेखि २०८५ सालसम्मको एक दशकलाई सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरिरहेको जानकारी दिएका हुन् । बुधबार भक्तपुरमा सूरु भएको सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पोखरेलले ‘हामी सुधार छौं हाम्रो सार्वजनिक विद्यालय’ भन्ने नारालाई सार्थक बनाउने गरी सार्वजनिक विद्यालयहरुको सुधार अभियानमा जुटन् पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे ।

कार्यक्रममा संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सार्वजनिक विद्यालयलाई गुणस्तरीय बनाउने चुनौति सामना गर्नेगरी अघि बढन सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले शिक्षालाई जीवन उपयोगी, व्यवहारिक र प्रविधियुक्त बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए । २ दिनसम्म चल्ने सम्मेलनले सार्वजनिक विद्यालयहरुको रुपान्तरणका लागि ठोस धारणा तय गर्ने अपेक्षा गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);