उपत्यका भित्र रहेका विश्वविद्यालयका सबै सम्पर्क कार्यालयहरु खारेज गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उपत्यका भित्र रहेका विश्वविद्यालयका सबै सम्पर्क कार्यालयहरु खारेज गरिने

Girirajmani Pokhrel

काठमाडाैं, १८ जेठ । सरकारले काठमाडौं उपत्यका भित्र रहेका विश्वविद्यालयका सबै सम्पर्क कार्यालयहरु खारेज गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले काठमाडौं उपत्यकामा संचालित विश्वविद्यालयका सम्पर्क कार्यालयहरु असार महिना भित्र खारेज हुने गरी आवश्यक निर्देशन दिइएको बताए ।

मन्त्रालयले पछिल्लो एक महिना गरेका काम शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै उनले केही दिनमै ‘सार्वजनिक विद्यालय सुधार योजना’ सार्वजनिक गर्न लागिएको जानकारी दिए ।

सार्वजनिक विद्यालय सुधारको माग चौतर्फी रुपमा भईरहेका बेला सरकारले त्यसका लागि आवश्यक व्यवस्था गर्न सुधार योजना सार्वजनिक गर्न लागेको हो । मन्त्री पोखरेलले शिक्षाको गुणस्तर सुधारका लागि ‘सार्वजनिक विद्यालय सुधार योजना’ बनाउनु परेको स्पष्ट पारे ।

मन्त्री पोखरेलले आयुर्वेद विश्वविद्यालय स्थापना र संचालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए । सरकारले संविधान अनुकूल हुनेगरी राष्ट्रिय पाठयक्रम प्रारुप पनि तयार पारेको छ ।

पाठयक्रममा विद्यालय तहमा पेशालाई व्यवसायिक विषयको रुपमा अनिवार्य व्यवस्था गरिएको छ । मन्त्री पोखरेलले कक्षा १ र कक्षा १२ मा जीवन उपयोगी शिक्षाको अनिवार्य व्यवस्था हुने गरी पाठयक्रम तय गरिएको पनि स्पष्ट पारे ।

मन्त्री पोखरेलले पछिल्लो एक महिनामा सरकारले विद्यालय भर्ना अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको, स्थानीय शिक्षाको नमूना कानुन तयार पारिएको पनि जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);