सिट संख्या भन्दाबढि यात्रु बोकेमा हजार जरिवाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिट संख्या भन्दाबढि यात्रु बोकेमा हजार जरिवाना

bus

काठमाडौं, १८ जेठ । ट्राफिक प्रहरीले सिट संख्या भन्दाबढि यात्रु राख्ने सवारी साधनलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सिट संख्याभन्दा बढि यात्रु राख्ने सवारी साधनलाई कडा कार्वाही गर्ने चेतावनी दिएको हो ।

महाशाखाले सिट संख्या भन्दाबढि यात्रु राख्ने सवारी साधनको जरिवाना पनि थप गरेको छ । पहिला ५ सयसम्म लिईदै आएको जरिवाना १ हजार पु-याएको हो । यातायात व्यवस्था विभागले प्रत्यायोजन गरिएको अधिकार अनुसार यसको जरिवाना १ हजार पु-याइएको महाशाखाका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए ।

त्यसैगरी महाशाखाले सार्वजनिक सवारी साधनमा धुम्रपान गरेमा १ हजार जरिवान लिने व्यवस्था पनि गरेको छ । ध्वनी संकेत निषेध गरेको ठाउँमा ध्वनी दिएमा पनि १ हजार जरिवाना तोकिएको पनि वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताए ।

महाशाखाले सवारी साधनको पार्किङ स्थललाई व्यवस्थित बनाउने, ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई अझै व्यापक बनाउने योजनालाई पनि प्राथमिकताका साथ अघि बढाउने पनि स्पष्ट पारेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक पन्तले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा साथ दिन सर्वसाधारणलाई अपिल गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);