क्षमताभन्दा वढी यात्रु बोक्ने सवारी साधनलाई कार्बाही गर्न सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

क्षमताभन्दा वढी यात्रु बोक्ने सवारी साधनलाई कार्बाही गर्न सुरु

bus

तेजना पण्डित

काठमाडौं, ७ जेठ । क्षमताभन्दा वढी यात्रु बोक्ने सवारी साधनलाई कार्बाही गर्न सुरु गरिएको छ । बुधबार गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सीट संख्याभन्दा बढी यात्रु बोक्ने माइक्रो र सफा टेम्पोलाई कार्बाही गर्न सुरु गरेको हो । कार्बाही सुरु गरेसँगै बढी यात्रु बोक्ने क्रम घटेको महाशाखाले जनाएको छ ।

सवारी दुर्घटना न्यूनिकरण गर्न भन्दै गृहमन्त्री रामबहादुर थापाले सीट क्षमता भन्दा बढी यात्रु बोक्ने साना सवारी साधनलाई कार्बाही गर्न निर्देशन दिएसँगै महानगरिय ट्राफिक प्रहरी महाशाखाले कार्बाही गर्न सुरु गरेको हो ।

पहिलो दिन आइतबार मात्र १ सय ८९ वटा माइक्रो र सफा टेम्पोलाई कार्बाही गरेको महाशाखाले जनाएको छ । महाशाखाले सोमबार पनि उक्त कार्यलाई निरन्तरता दियो । दोस्रो दिन भने बढी यात्रु बोक्ने क्रममा कमी आएको महाशाखाले जनाएको छ ।

बढी यात्रु बोक्ने सवारी साधनलाई पहिलो पटक पाँचसय जरिवाना सहित सचेत गराउने र दोस्रो पटक पनि बढी यात्रु बोके ३ हजार जरिवाना गर्ने महाशाखाले जनाएको छ । तर, चालकहरुले भने यात्रुहरु नै कोचाकोच गरी बस्न आउँदा समस्या भएको बताएका छन् ।

त्यसो त यात्रुहरु पनि कोचिएर यात्रा गर्दा जोखिम हुने थाहा हुँदाहुँदै हतार हुँदा बाध्य भएर कोचिएर यात्रा गर्नुपर्ने बताउँछन् । कोचिएर यात्रा गर्नुपर्दा दुर्घटनाको जोखिम हुनुका साथै चोरी हुने गरेको यात्रुहरुको भनाइ छ ।

महाशाखाले भने सवारी नपाएर समयमा पुग्न गाह्रो भएमा ट्राफिकलाई खवर गरे सवारी संख्या बढाउन पहल गर्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);