मापदण्ड विपरित यात्रु बोक्ने आठ सवारी साधनलाई कारवाही | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

मापदण्ड विपरित यात्रु बोक्ने आठ सवारी साधनलाई कारवाही

इलाम, २७ असाेज । नेपाल सरकारको मंत्रीपरिषद्को निर्णय अनुसार लामो तथा छोटो दुरीको यातायात गत असोज एक गतेबाट संचालन भएको भएपनि कतिपय सवारी साधनले तोकिएको मापदण्ड विपरित यात्रु ओसारेको पाइएको छ ।

सरकारले तोकेको मापदण्ड पालना गराउन मेची राजमार्गको इलाम खण्डमा यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला ट्राफिक प्रहरी र नगरपालिकाको टोलिले अनुगमन गरेको छ । यस क्रममा मापदण्ड विपरित यात्रु बोक्ने आठ सवारी साधनलाई कारबाही गरिएको छ।

सबै यात्रुलाई मास्कको व्यवस्था गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने र चालक र सहचालकले मास्क, भाइजर र पञ्जा लगाउने मापदण्ड तोकेको छ । यस्तै जिल्लामा समेत यातायात सुरक्षा मापदण्ड कार्यविधि तयार पारि अनुगमन गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);